एसीसी इमर्जिङ टिम्स एसिया कप आजदेखि : नेपालको खेल भाेलि पाकिस्तानसँग

 असार २८, २०८० बिहीबार ९:४२:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - एसीसी इमर्जिङ टिम्स एसिया कप आजदेखि श्रीलङ्कामा हुँदैछ । प्रतियोगिताको पहिलो दिन आज समूह 'ए' का दुई खेल हुँदैछन् ।

घरेलु टोली श्रीलङ्का ‘ए’ र बङ्लादेश ‘ए’ बीचको खेल सिंहालिस स्पोर्ट्स क्लब कोलम्बोमा हुँदैछ । त्यस्तै, आजको अर्को खेलमा अफगानिस्तान ‘ए’ र ओमान ‘ए’ कोलम्बो क्रिकेट क्लबमा खेल्नेछन् । यी खेल नेपाली समय अनुसार बिहान सवा १० बजे शुरु हुनेछ । प्रतियोगितामा सहभागी आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

समूह 'ए' मा श्रीलङ्का ‘ए’, बङ्लादेश ‘ए’, अफगानिस्तान ‘ए’, र ओमान ‘ए’ तथा समूह 'बी' मा पाकिस्तान ‘ए’, भारत ‘ए’, नेपाल र यूएई ‘ए’ रहेका छन् । नेपालले पहिलो खेलमा भाेलि पाकिस्तानको ‘ए’ टोलीसँग खेल्दै प्रतियोगिताको शुरुवात गर्नेछ ।

नेपालले दोस्रो खेल भारतको ‘ए’ टोलीसँग साउन एक गते र यूएईको ‘ए’ टोलीसँग साउन ३ गते खेल्नेछ । दुई समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । प्रतियोगिताको फाइनल खेल साउन ७ गते हुनेछ । 

अन्तिम अपडेट: मंसिर ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया