पैसा थुप्रिएपछि वाणिज्य बैंकहरूले निक्षेपको ब्याजदरमा गर्दै आएको ‘भद्र सहमति’ तोडे

निपेक्षसँगै कर्जाको पनि ब्याजदर घटाउने तयारी

 असार २८, २०८० बिहीबार १४:४३:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डाै – वाणिज्य बैंकहरूले निक्षेपको ब्याजदरमा गर्दै आएको ‘भद्र सहमति’ तोडेका छन् । बैंकमा लगानीयोग्य रकम थुप्रिन थालेपछि नेपाल बैंकर्स एसोसिएशनको बैठकले ब्याजदरमा गर्दै आएको भद्र सहमति ताेडेका हुन् ।

अब बैंकर्स सङ्घले नभई बैंकहरूले फरक–फरक दरमा निपेक्षको ब्याज तोक्न पाउनेछन् । यो निर्णय साउनको १ गतेदेखि लागू हुनेछ । बैंकर्स सङ्घमा भएको भद्र सहमतिका कारण बैंकमा पैसा थुप्रिए पनि कर्जा प्रवाह नहुँदा समस्या भएको थियो । वाणिज्य बैंकहरूले अहिले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ९ दशमलव ९ प्रतिशतसम्म ब्याजदर दिँदै आएका छन् ।

अब बैंकहरूले साउन महिनाका लागि योभन्दा बढी वा कम ब्याजदर तोक्न सक्ने छन् । बैंकहरूले ब्याज बढाउन चाहेमा झन्डै ११ प्रतिशत नजिक पुग्छ भने घटाउन चाहेमा ९ प्रतिशत हाराहारीमा आउनेछ । निक्षेपको ब्याज नघटी कर्जाको पनि नघट्ने हुँदा अब बैंकहरूले निक्षेपको ब्याजदर केही कम गरेर कर्जा विस्तार गर्ने तयारी गरेका छन् ।

बैंकहरूमा अहिले पनि यसअघि बैंकहरूले गरेको भद्र सहमतिलाई धेरैले 'सिन्डिकेट' र 'कार्टेलिङ' भन्दै आलोचना गरेकोमा अब यस्तो आरोपबाट पनि बैंकहरूले छुटकारा पाएका छन् ।

अन्तिम अपडेट: माघ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया