दिल्लीमा बाढीले जनजीवन अस्तव्यस्त, शिक्षण संस्था बन्द, कर्मचारीले घरबाटै काम गर्ने

 असार २८, २०८० बिहीबार १७:४५:१९ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

भारतको राजधानी नयाँ दिल्लीमा यमुना नदीको बाढीले ४५ वर्ष पुरानो रेकर्ड तोडेको छ । यमुना नदीको पानीको सतहले २ सय ८ दशमलव ६ मिटर नाघेको छ । यसअघि सन् १९७८ मा यमुनाको जलस्तर २ सय ७ दशमलव ४९ मिटर पुगेको थियो ।

अहिले दिल्लीका तल्लो क्षेत्र डुबानमा परेको र पानीको सतह बढ्ने क्रम जारी रह्यो भने आवासीय क्षेत्र पनि यसको प्रभावमा पर्न सक्ने बीबीसी हिन्दीले जनाएको छ । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले आपत्कालीन बैठक बोलाउनुभएको छ भने केन्द्रीय गृहमन्त्री अमित शाहलाई समस्या समाधानका लागि पत्र लेख्नुभएको छ ।

दिल्लीका सडक पानीले भरिएका छन् । बाढी र डुबानका कारण दिल्लीका विद्यालय र कलेज आइतवारसम्म बन्द गरिएको छ । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले आइतवारसम्म स्कुल, कजेल र विश्वविद्यालय बन्द गरिएको जानकारी दिनुभएको छ ।

यस्तै अत्यावश्यक सेवा दिने सरकारी कार्यालयबाहेक अन्य सबै सरकारी निकायका कर्मचारीलाई घरबाटै काम गर्न पनि मुख्यमन्त्री केजरीवालले निर्देशन दिनुभएकाे छ ।

अन्तिम अपडेट: जेठ ३२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया