भारतीय प्रधानमन्त्री माेदीलाई फ्रान्सकाे सर्वाेच्च सम्मान

 असार २९, २०८० शुक्रबार १२:२५:४८ | एजेन्सी
unn.prixa.net

भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीलाई फ्रान्सकाे सर्वाेच्च सम्मान प्रदान गरिएकाे छ । 

फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्राेँले भारतीय प्रधानमन्त्री माेदीलाई 'द ग्रान्ड क्रस अफ द लिजन अफ अनर' बाट सम्मानित गर्नुभएकाे हाे । याे फ्रान्सकाे सर्वाेच्च नागरिक सम्मान हाे ।

भारतीय प्रधानमन्त्री मोदीले याे सम्मानका लागि फ्रान्सका राष्ट्रपति म्याक्राेँलाई धन्यवाद दिनुभएकाे छ । 

भारतीय प्रधानमन्त्री दुई दिने फ्रान्स भ्रमणमा हुनुहुन्छ । भ्रमणकै क्रममा उहाँलाई याे सर्वाेच्च सम्मान प्रदान गरिएकाे हाे । 

माेदी याे सम्मान पाउने पहिलाे भारतीय प्रधानमन्त्री हुनुहुन्छ । यद्यपि विश्वभरका अरू नेताहरूले याे सम्मान पाइसकेका छन् । जर्मनीकी पूर्वचान्सलर एंगेला मर्केल, दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति नेल्सन मन्डेला, राजकुमार चार्ल्सलगायतले याे सम्मान पाइसकेका छन् ।

अन्तिम अपडेट: असार २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया