कोसोभोको संसद् बैठकमा सांसदबीच कुटाकुट

 असार २९, २०८० शुक्रबार १२:५८:८ | एजेन्सी
unn.prixa.net

कोसोभोको संसद् बैठकमा सांसदहरूबीच कुटाकुट भएको छ । उत्तरी क्षेत्रका सर्बियन आदिवासीको मुद्दामा संसद् बैठकमा भइरहेको छलफलका क्रममा प्रधानमन्त्री एल्विन कुर्तीले बोलिरहेको बेला विपक्षी सांसदले पानी छ्यापेपछि कुटाकुट भएको हो ।

सांसदबीचको कुटाकुट रोक्न प्रहरी नै परिचालन गरिएको थियो । प्रधानमन्त्री कुर्तीलाई सुरक्षा घेराबाट बाहिर निकालिएको थियो । 

कुटाकुटपछि संसद् बैठक दुई घन्टाका लागि स्थगित भएको थियो । 

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया