पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
संयुक्त राष्ट्र सङ्घले सन् २०३० सम्ममा ‘एड्सको नियन्त्रण’ सम्भव रहेको बताएको छ । एचआईभी एड्ससम्बन्धी संयुक्त राष्ट्र सङ्घीय कार्यक्रम (यूएनएड्स) ले यस्ताे बताएकाे हाे । तर विज्ञहरुले भने अवसरको सदुपयोग गरेमात्र विश्वको सबैभन्दा घातक मानिएकाे महामारी एड्स रोक्न सकिने चेतावनी दिएका छन् ।
'एड्सलाई सार्वजनिक स्वास्थ्यकाे खतराको रूपमा अन्त्य गर्न सकिन्छ । लगानी, प्रमाणमा आधारित रोकथाम र उपचारको रोडम्याप, नागरिक समाजलाई सशक्तीकरण लगायतका पक्षमार्फत याे महामारी रोक्न सकिन्छ,' (यूएनएड्स)ले भनेको छ ।
एजेन्सीका कार्यकारी निर्देशक विनी ब्यानिमाले भन्नुभयो, 'हामी एड्सको अन्त्य गर्ने बाटोमा अझै पुगेका छैनौँ, तर हामी त्यो प्रयासमा सफल हुन सक्छौँ भन्ने छ ।'
संयुक्त राष्ट्र सङ्घले सन् २०१५ मा सन् २०३० सम्ममा एड्सलाई जनस्वास्थ्यका लागि खतराका रूपमा अन्त्य गर्ने लक्ष्य लिएको थियो । ब्यानिमाले एड्स/एचआईभीकाे अन्त्यका लागि लगानी गरिरहेका देशमा सबैभन्दा ठूलो प्रगति देखिएकाे बताउनु भएकाे छ ।
उहाँले पूर्वी र दक्षिणी अफ्रिकालाई उद्धृत गर्दै भन्नुभयो, 'ती देशमा सन् २०१० यता नयाँ एचआईभी सङ्क्रमण ५७ प्रतिशतले घटेको छ । बोत्सवाना, इस्वातिनी, रूवान्डा, तान्जानिया र जिम्बावेले ९५–९५–९५ प्रतिशतकाे हाराहारीमा लक्ष्य हासिल गरिसकेका छन् । यसको अर्थ एचआईभी सङ्क्रमितमध्ये ९५ प्रतिशतलाई आफ्नो अवस्था थाहा छ । एचआईभी भएको थाहा पाएकामध्ये ९५ प्रतिशतले एन्टी–रेट्रोभाइरल उपचार गराइरहेका छन् ।'
कम्तीमा पनि १६ वटा देश यो लक्ष्य हासिल गर्ने उद्देश्य नजिक पुगेका उहाँले बताउनु भयाे । ९५ प्रतिशत लक्ष्य हासिल गर्ने देशमा ६५ प्रतिशत एचआईभी सङ्क्रमित बसोबास गर्ने उप–सहारा अफ्रिकाका आठ वटा देश र डेनमार्क, कुवेत र थाइल्याण्डलगायतका आठ वटा देश रहेका छन् ।
यूएनएड्सले एक प्रतिवेदनमा भनेको छ, 'दुई दशकअघि एड्सको महामारी रोक्न नसकिने जस्तो देखिन्थ्यो, हरेक वर्ष २५ लाखभन्दा बढी मानिस एचआईभी सङ्क्रमित हुने र एड्सले वार्षिक २० लाख मानिसको ज्यान लिने गरेको थियो । तर अहिले त्यो तथ्याङ्क नाटकीय रूपमा परिवर्तन भएकाे छ ।'
यूएनएड्सका अनुसार सन् २०२२ मा विश्वमा तीन करोड ९० लाख मानिस एचआईभी सङ्क्रमित थिए जसमध्ये दुई करोड ९८ लाखले एन्टी रेट्रोभाइरल थेरापीको प्रयोग गरिरहेका छन् । यो सेवाबाट छुट्नेमा छ लाख ६० हजार बालबालिका रहेका छन् ।
सन् २०१० मा एन्टी–रेट्रोभाइरल उपचार गराइरहेकाकाे सङ्ख्या ७७ लाख रहेकोमा अहिले याे सङ्ख्या चार गुणाले वृद्धि भएको छ । यसबाहेक, एचआईभी सङ्क्रमित ८२ प्रतिशत गर्भवती र स्तनपान गराउने महिलाहरूले सन् २०२२ मा एन्टी–रेट्रोभाइरल उपचारको पहुँच पाएका थिए । यो सङ्ख्या सन् २०१० मा ४६ प्रतिशत थियो ।
गएकाे वर्ष करिब १३ लाख मानिस एचआईभी सङ्क्रमित भएका थिए, जुन सन् १९९५ को तुलनामा ५९ प्रतिशतले कम हो । यसैबीच एड्ससँग सम्बन्धित रोगका कारण छ लाख ३० हजार मानिसको ज्यान गएको र मोजाम्बिकलगायतका देशमा यो अझै पनि ‘ ज्यान गुमाउनुकाे पहिराे कारण’ रहेको ब्यानिमाले बताउनुभयो ।
सन् २००४ को तुलनामा एड्सका कारण ज्यान गुमाउनेकाे सङ्ख्यामा ६९ प्रतिशतले कमी आएको प्रतिवेदनमा उल्लेख छ ।
'एड्सको अन्त्य एउटा अवसर हो । सन् २०२२ मा एचआईभीका लागि दिइने अनुदान २० दशमलव ८ अर्ब डलरमा झरेको छ, जुन सन् २०१३ को जस्तै हो र सन् २०२५ सम्ममा आवश्यक पर्ने २९ दशमलव ३ अर्ब डलरभन्दा निकै कम हो ।' ब्यानिमाले भन्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।