त्रिवि शिक्षण अस्पतालका कर्मचारी मृत फेला : 'सुसाइड नाेट'का आधारमा प्रशासन प्रमुखसहित ४ जना पक्राउ

 असार ३०, २०८० शनिबार ७:२०:५२ | रासस
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डाै – त्रिभुवन शिक्षण अस्पताल मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा कार्यरत एक कर्मचारी मृत फेला परेका छन् ।

मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरको फार्मेसी प्रमुख अमृत पोखरेल झुण्डिएको अवस्थामा हिजाे बिहान फेला परेका हुन् । पोखरेल फेला परेसँगै प्रहरीले अस्पतालका प्रशासन प्रमुखसहित चार जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रवक्ता, प्रहरी उपरीक्षक सीताराम रिजालले मृतकले लेखेको सुसाइड नोटका आधारमा अस्पतालका प्रशासन प्रमुखसहित चारजनालाई पक्राउ गरिएको जानकारी दिनुभयो ।

पक्राउ पर्नेमा प्रशासन प्रमुख भोजकुमार बस्नेत, फार्मेसी इन्चार्ज जुना स्थापित, फार्मेसी सहायक विष्णु पौडेल र कृष्ण पन्त रहेका छन् । परिवारले आत्महत्या दुरुत्साहनको कसुरमा किटानी जाहेरी दिएपछि उनीहरूलाई पक्राउ गरिएको प्रवक्ता रिजालले बताउनुभयो । पक्राउ परेका चारै जनालाई आवश्यक अनुसन्धानका लागि प्रहरी वृत्त, महाराजगञ्जको हिरासतमा राखिएको प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: मंसिर ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया