धनगढीमा माघ १९ गतेदेखि अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगि...
माघ ३, २०८१ बिहिबार
काठमाण्डाै – संयुक्त राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ)ले अफगानिस्तानका दुई लाख ७० हजारभन्दा धेरै कुपोषित बालबालिकाको उपचार गरेको दाबी गरेको छ । बितेका पाँच महिनामा कुपोषणको सिकार भएका दुई लाख ७३ हजार बालबालिकाको उपचार भएको युनिसेफले जनाएको छ ।
अफगानिस्तानमा तालिवानले शासन सम्हालेपछि गरिबीमा वृद्धि भएको र यसले बालबालिका पनि कुपोषणको सिकार भएका सहायता निकायले बताउँदै आएका छन् । तालिवानले मानवीय सहायता सङ्गठनहरूमाथि प्रतिबन्ध लगाएको छ ।
अफगानिस्तानका लागि युनिसेफका प्रतिनिधि फ्रान इक्विजाले यो वर्ष झण्डै २३ लाख अफगानी बालबालिकाले कुपोषणको सामना गर्नुपर्ने चेतावनी दिनुभएको समाचार संस्था एएनआईले जनाएको छ । उनीहरूलाई खाद्यान्न, पोषिला खाद्यपदार्थ उपलब्ध गराउन अन्तर्राष्ट्रिय समुदायले सघाउनुपर्ने तथा तालिबान सरकारले सहायता निकायलाई शङ्काको दृष्टिले हेर्न नहुनेमा पनि मानवीय सहायता निकायको जोड छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।