झापाकाे कमलाखाेलामा आएकाे बाढीले गौरीगञ्जमा राखिएकाे सीमा स्तम्भ बगायाे

 असार ३०, २०८० शनिबार १५:३४:४५ | रासस
unn.prixa.net

झापा - झापाको गौरीगञ्ज गाउँपालिका–२ काे दशगजामा क्षेत्रमा राखिएकाे नेपाल-भारत सीमा स्तम्भ बाढीले बगाएको छ ।

निरन्तर वर्षासँगै कमलखोलामा आएको बाढीले दशजगामा रहेको १४०/१५ नम्बरकाे सीमा स्तम्भ (पिलर) बगाएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रप्रसाद रिजालले जानकारी दिनुभयो । शुक्रवार हिजाे दिउँसो आएको बाढीले बगाएको सीमा स्तम्भकाे खोजी  भइरहेको उहाँले बताउनुभयो ।

असार २६ गतेदेखि आएको अविरल वर्षाले जिल्लाका विभिन्न ठाउँमा डुबान पर्नुका साथै घर परिवार विस्थापित भएका छन् । दमक–४ ताराबारीमा रहेकाे मावा खोलामा बाढी आउँदा खोला किनार रहेको ऐलानी जग्गा कटान गरेको वडा कार्यालयले जनाएको छ । बाढीले करिब ५० मिटर लम्बाई र पाँच मिटर चौडाई कटान गरेको छ । अस्थायी प्रहरी पोष्ट ताराबारीबाट खटिएको प्रहरी टोली र दमक–४ वडा कार्यालयको पहलमा कटान रोकथाम गरिएको छ । 

जिल्लाको बाह्रदशी–२ मा रहेकाे अदुवा खोलामा पानीको बहाव बढ्दा सुकुम्वासी बस्तीका ४५ घरपरिवार विस्थापित भएका छन् ।  गौरादह नगरपालिका–५ चप्रामशी डुब्बाटोलमा रहेकाे चन्दु खोला र रतुवा खोलाको बाँध पानीले कटान गर्दा  २६ घरपरिवार विस्थापित भएकामा अहिले अवस्था सामान्य बन्दै गएपछि विस्थापित घर फर्किका छन् ।

अन्तिम अपडेट: कात्तिक ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया