दक्षिण कोरियामा वर्षा र बाढीका कारण २० जनाको ज्यान गयो,  हजारौँ विस्थापित

 असार ३०, २०८० शनिबार १७:३९:३८ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

दक्षिण कोरियामा बाढीका कारण कम्तीमा २० जनाको ज्यान गएको छ । लगातार तीन दिनसम्म परेको भीषण वर्षाका कारण आएको बाढीमा परि अन्य १४ जना हराइरहेका बीबीसीले जनाएको छ ।

देशका धेरैजसो भूभागमा डुबान हुँदा हजारौँ मानिस विस्थापित भएका छन् । आज बिहान साढे ६ बजे गोयसान बाँध भरिएर पानी खस्न थालेपछि त्यसबाट प्रभावित हुने क्षेत्रका ६ हजार चार सय जनाले निवास छाडेका बीबीसीले जनाएको छ । देशका विभिन्न ठाउँमा पहिरो पनि गएको छ ।

बाढी र पहिरोका कारण थुप्रै बस्तीहरुमा विद्युत् सेवा बन्द भएको छ । कोरियाको रेल सेवा प्रदायक कोरेलले सुस्त गतिका सबै रेलसेवा बन्द गरेको छ । पहिरोका कारण केही ठाउँको बुलेट ट्रेन सेवा पनि अवरुद्ध भएको छ ।  
 

अन्तिम अपडेट: असार २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया