टुहुरो कृष्णसारलाई बर्दियाबाट चिडियाखाना ल्याइयो

 असार ३०, २०८० शनिबार १८:२५:२७ | रासस
unn.prixa.net

फाइल तस्बिर, एजेन्सी

बर्दिया - बर्दियामा रहेकाे कृष्णसार संरक्षण क्षेत्रबाट टुहुरो अवस्थामा रहेको पोथी कृष्णसार ‘चेल्सी’ लाई ललितपुरको जावलाखेलमा रहेकाे सदर चिडियाखानामा ल्याइएको छ । कोर क्षेत्रमा पाँच महिनाअगाडि माऊबाट विछोड भएको अवस्थामा पोथी कृष्णसार भेटिएको थियो । 

बर्दिया संरक्षण क्षेत्रका संरक्षण अधिकृत विनयकुमार झाका अनुसार पोथी कृष्णसारको बच्चालाई वन्यजन्तु संरक्षणकर्मीको निगरानीमा रेखदेख गरिएको छ । चेल्सीलाई दिनमा चार पटकसम्म दूध खुवाउने गरिएको उहाँले बताउनुभयो । वन्यजन्तुलाई बर्दियामा रहेकाे कृष्णसार संरक्षण क्षेत्र खैरापुरमा नियमित पालनपोषण तथा रेखदेख गरिँदै आइएको उहाँको भनाइ छ ।

राष्ट्रिय निकुञ्ज वन्यजन्तु संरक्षण विभागको निर्णयअनुरुप दुर्लभ वन्यजन्तुअन्तर्गत पर्ने कृष्णसारलाई वन्यजन्तु संरक्षण ऐन २०३० अनुसार संरक्षित वन्यजन्तुको सूचीमा राखिएको झाले जानकारी दिनुभयो ।

'शुक्रवार राति १० बजे सदर चिडियाखाना ल्याइएको पोथी कृष्णसारको नाम ‘चेल्सी’ राखिएको छ', झाले भन्नुभयो 'पाँच महिनाको कृष्णसार अरु भन्दा फरक देखिने भएकाले चेल्सी नामाकरण गरी सदर चिडियाखानाका अरु कृष्णसारसँगै राखेका छौँ ।'

अन्तिम अपडेट: असार १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया