अत्यधिक गर्मीका कारण अमेरिकामा झण्डै ११ करोड ३० लाख नागरिक प्रभावित

 असार ३१, २०८० आइतबार ११:३३:३५ | एजेन्सी
unn.prixa.net

तस्बिर : बीबीसी

अमेरिकामा अत्यधिक गर्मी बढेको छ । दक्षिण–पश्चिमी क्षेत्रमा तातो हावा लू चल्ने चेतावनी दिइएको छ ।

गर्मीका कारण झण्डै ११ करोड ३० लाख नागरिक प्रभावित भएका बीबीसीले जनाएको छ । फ्लोरिडादेखि क्यालिफोर्निया र वासिङ्टन डीसी गर्मीको बढी चपेटामा परेका खबरमा उल्लेख छ ।

क्यालिफोर्नियाको डेथ भ्यालीमा तापक्रम ५४ डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ । यो ठाउँ विश्वको सबैभन्दा तातो ठाउँमध्ये एक हो ।

यस्तै, एरिजोना, टेक्सास, फ्लोरिडालगायत क्षेत्रमा पनि गर्मी बढेको छ । गर्मीबाट जोगिन मानिसहरुले घरमा एसीको अत्यधिक प्रयोग गरेकाले टेक्सास राज्यमा ऊर्जाको खपतमा नयाँ कीर्तिमान कायम भएको बीबीसीले जनाएको छ ।

यस्तै, युरोपमा पनि गर्मी बढेको छ । इटली, फ्रान्स, जर्मनी र पोल्याण्डमा अत्यधिक गर्मी बढेको खबरमा उल्लेख छ । 

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया