सहकारीलाई अहिल्यै एटीएम आवश्यक छैन : निर्देशक नेपाल

 जेठ २५, २०७५ शुक्रबार २०:११:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – सहकारी संस्थाले पनि एटीएम कार्ड चलाउन पाउनु पर्ने माग राखिरहँदा राष्ट्र बैंकले भने त्यो अहिल्यै आवश्यक नभएको संकेत गरेको छ । 

राष्ट्र बैंकका निर्देशक रेवतीप्रसाद नेपालले अहिलेको सन्दर्भमा सहकारीहरुले एकल रुपमा एटीएम कार्ड चलाउनुभन्दा सहकार्य गरेर मोबाइल बैंकिङ तथा प्रविधिमैत्री कारोबार गर्नसक्ने बताउनुभयो । 

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) र कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको संयुक्त आयोजनामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले गाउँगाउँसम्म प्रविधिमैत्री कारोबार पुर्याउने माध्यम नै सहकारी बन्न सक्नुपर्ने बताउनुभयो । 

उहाँले सरकारले १० जनाभन्दा बढी काम गर्ने संस्थाका सबै कर्मचारीको अनिवार्य बैंकिङ खाता हुनुपर्ने अवधारणा अघि सारेको सन्दर्भ उल्लेख गर्नुभयो ।
साथै, त्यो खाता सहकारी तथा बाणिज्य बैंकहरु जुनमा पनि खोल्न सक्ने व्यवस्था मिलाइने बताउनुभयो ।  

नीति, थिति र प्रविधि नै सहकारीको मूल मर्म रहेकाले अबको युगमा कागजरहित प्रविधितर्फ सहकारी केन्द्रित हुनुपर्नेमा उहाँले जोड दिनुभयो । 

यस्तै इन्फो डेभलपर प्रालिका उमेशकुमार रघुवंशीले सहकारीहरुलाई प्रविधिमैत्री बनाउन आफूहरु आवश्यक प्राविधिक सहयोग उपलब्ध गराउन तत्पर रहेको बताउनुभयो । 

अहिले प्रविधिमैत्री नियम कानुनको अभाव रहेको भन्दै उहाँले सरकार पनि अहिले यसतर्फ केन्द्रित भएर काम गरिरहेको बताउनुभयो । 


 

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया