दक्षिण कोरियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या ३९ पुग्यो, सुरुङ मार्गभित्र १३ जनाको शव फेला

 साउन १, २०८० सोमबार ९:४८:१५ | एजेन्सी
unn.prixa.net

दक्षिण कोरियामा मुसलधारे वर्षाका कारण आएको बाढीमा परेर ज्यान गुमाउनेको सङ्ख्या ३९ पुगेको छ । यसअघि हिजो बिहानसम्म २६ जनाको शव फेला परेकोमा त्यसपछि १३ जनाको शव भेटिएको छ ।

चुङचेओङ प्रान्तमा डुबानमा परेको सुरुङ मार्गमा फसेकाहरुकाे खोजीमा खटिएको उद्धार टोलीले १३ जना मानिसको शव फेला पारेका हुन् । बाढी नै सुरुङमा पसेपछि निजी गाडी र बसमा यात्रा गरिरहेका यात्रुहरु फसेका थिए । सुरुङ ६ सय ८५ मिटर लामो छ । त्यहाँ नौ जनाको जीवितै उद्धार गरिएको थियो ।

उत्तरी ग्योङसाङ प्रान्तमा ९ जना बेपत्ता छन् । उनीहरुको खोजी भैरहेको छ । वर्षाका कारण १४ वटा सहर र प्रान्तका आठ हजार ८ सय ५२ जनालाई सुरक्षित ठाउँमा सारिएको छ । ग्योङसाङ प्रान्त र मध्य चुङचेओङ प्रान्त निक्कै प्रभावित रहेका केन्द्रीय विपद् तथा सुरक्षा प्रतिकार्य मुख्यालयले जनाएको छ ।

अत्यधिक वर्षाका कारण बाढी, पहिरोको मारमा परेको दक्षिण कोरियामा विद्युत् कटौती भएको छ । प्रधानमन्त्री हान डक–सूले सेनालाई उद्धार कार्यमा सहयोग गर्न आग्रह गर्नुभएको बीबीसीले जनाएको छ । अत्यधिक वर्षाका कारण अहिले दक्षिण कोरियासहित भारत, चीन र जापान बाढी र पहिरोबाट आक्रान्त भएका छन् ।

यसरी बाढी/पहिरो आउनुका अन्य धेरै कारणहरू भए पनि जलवायु परिवर्तन मुख्य कारण रहेको विज्ञले बताउँदै आएका छन् ।
 

अन्तिम अपडेट: असार २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया