सन् २००७ काे आईफाेन १ लाख ९० हजार डलरमा बिक्याे

 साउन १, २०८० सोमबार २०:३९:१३ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

पहिलाे पुस्ताकाे एउटा आईफाेन १ लाख ९० हजार अमेरिकी डलर अर्थात् झन्डै २ कराेड ५० लाख रुपैयाँमा बिक्री भएकाे छ । अमेरिकामा भएकाे लिलामीमा एपलकाे प्ल्यागशिप र सबैभन्दा सफल डिभाइसकाे पहिलाे पुस्ता महँगाे मूल्यमा बिक्री भएकाे हाे ।

याे आईफाेनकाे पहिलाे जेनेरेशनलाई सन् २००७ जुन २९ मा सार्वजनिक गरिएको थियाे । याे आईफाेन ४ र ८ जीबीसम्मकाे स्टाेरेज क्षमताका साथ सार्गवजनिक रिएकाे थियाे ।

एपलइनसाइडर अनुसार एलएसजी लिलामीकाे २०२३ ग्रीष्मकालीन प्रिमियम लिलामीकाे दाेस्राे चरणमा याे आईफाेन प्रदर्शनमा राखिएकाे थियाे, याे प्रदर्शनी जुन ३० देखि जुलाई १६ सम्म चलेकाे थियाे । याे आईफाेनका लागि २८ जनाले बाेली लगाएका थिए ।

अन्तिम अपडेट: असार २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया