अन्न निर्यात सम्झौता समाप्त भएको रुसको घोषणा

 साउन २, २०८० मंगलबार ७:२:८ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

रुसले ब्ल्याक सीहुँदै अन्न निर्यात गर्ने सम्झौता समाप्त भएको घोषणा गरेको छ । गएरातिदेखि समाप्त हुने सम्झौतालाई क्रेमलिनले हिजो नै म्याद समाप्त भएको बताएको हो ।

रुसले लामो समयदेखि युक्रेनमा आक्रमण गर्दै आएको छ । आफूले अघि सारेका सर्तहरू पूरा भएमा पुनः सम्झौतामा फर्कनसक्ने पनि रुसले स्पष्ट गरेको छ । यो घोषणापछि रुसले टर्की, युक्रेन र संयुक्त राष्ट्र सङ्घलाई सम्झौताको म्यादबारे जानकारी पठाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

संयुक्त राष्ट्रसङ्घ र टर्कीको मध्यस्थतामा भएको यो सम्झौता राम्ररी कार्यान्वयन नभएको आरोप लगाउँदै रुसले त्यसलाई पालना नगर्ने बताएको समाचार संस्था एएफपीले जनाएको छ । क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले रूसी पक्षसम्बन्धी सम्झौताका बुँदा पूरा हुने बित्तिकै त्यसमा फर्किन सक्ने बताउनुभएको छ ।

अन्न सम्झौताबाट बाहिरिने रुसको घोषणालाई अमेरिकाले क्रुर निर्णयको संज्ञा दिएको छ । संयुक्त राष्ट्र सङ्घका लागि अमेरिकी राजदूत लिन्डा थोमस ग्रीनफिल्डले राष्ट्रसङ्घीय मुख्यालय न्युयोर्कमा मस्कोले मानवतालाई बन्धक बनाएको आरोप लगाउनुभएको छ ।

जर्मनीले सम्झौताको म्याद लम्ब्याउन रुससँग आग्रह गरेको छ । 

अन्तिम अपडेट: असार २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • माधबढकाल

    July 18, 2023, 11:25 a.m.

    पस्चिमलाइ भगवान मान्नु पर्ने उस्लाइ सधैंमनलाग्दि गर्नछुटचाहिने अफ्रिकामा लानेभनेर अन्नजति युरोपले खाने अफ्रिकिगरिबहरुको नाउमा लानेधनियुरोपियन हरुलेखाने भयसि किनलानदिनुत नदियकैराम्रो।

  •  0 Reply

तपाईको प्रतिक्रिया