उडान 'डिले' भएपछि निगमले छानबिन समिति गठन गर्‍याे

 साउन २, २०८० मंगलबार १५:५८:४१ | रासस
unn.prixa.net

काठमाण्डाै – मलेसियाको क्वालालम्पुरबाट भैरहवा हुँदै काठमाण्डाै आउन तय भएको जहाजको उडान 'डिले' भएको विषयमा नेपाल वायु सेवा निगम (नेपाल एअरलाइन्स) ले छानबिन समिति गठन गरेको छ ।

नेपाल एयरलाइन्सको (एन-एकेडब्लू) न्यारोबडी जहाज आज मङ्गलवार बिहान उडान गर्नुअघि निरीक्षणका क्रममा 'क्रु' अक्सिजन बोतलको प्रेसर कम देखिएपछि उडान रोकिएको निगमले जानकारी दिएको छ । क्वालावम्पुरको स्थानीय समयअनुसार बिहान ५ बजे भैरहवा उडानका लागि तय भएको विमानमा प्राविधिक त्रुटि देखिएपछि उडान 'डिले' भएको थियो । प्राविधिक मर्मतपछि स्थानीय समयअनुसार दिउँसो ३ बजे उडान भइसकेको निगमले जानकारी दिएको छ ।

जहाजको 'क्रु' अक्सिजन बोतलको प्रेसर कम भएको र त्यसको जोहो हुन नसक्दा उडान १० घण्टा 'डिले' भएको थियो । के–कस्तो प्राविधिक कारणले यो समस्या आएको हो त्यसकाे पत्ता लागाउन र भविष्यमा यस्तो समस्या दोहोरिन नदिन के गर्नुपर्छ भन्नेबारे सुझाव दिन छानबिन समिति गठन गरिएको निगमको भनाइ छ ।

निगमले उडान ढिलो भएकोमा आउँदा दिनमा यस्तो हुन नदिने विश्वास दिलाउँदै यात्रुसँग माफीसमेत मागेको छ । निगमले गएकाे जेठ २९ गतेदेखि मलेसियाको क्वालालम्पुर–भैरहवा–काठमाण्डाै रुटमा उडान शुरु गरेको हो ।

अन्तिम अपडेट: असोज १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया