‘साम्बा’ भन्छिन्– ‘देश र समर्थकका लागि धेरै गर्न बाँकी छ’

 साउन ३, २०८० बुधबार १४:७:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – व्यावसायिक फुटबल खेल्न इजरायल जान लागेकी नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी (साम्बा) लाई बिदाइ गरिएको छ ।

बुधवार युवा तथा खेलकुद मन्त्रालयमा एक कार्यक्रमका बीच भण्डारीलाई बिदाइ गरिएकाे हाे । उनले इजरायलकाे क्लब हापाेएल रानानाबाट युराेपेली लिग खेल्दै छिन् ।

बिदाइ कार्यक्रममा नेपालका लागि इजरायली राजदूत हानन गोदारले इजरायली क्लबमा नेपाली खेलाडी भित्र्याउनु ऐतिहासिक क्षण भएको र सावित्राको खेल हेर्न आतुर रहेको प्रतिक्रिया दिनुभयो । उहाँले खेलकुदले दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास व्यक्त गर्नुभयो ।

बिदाइ कार्यक्रममा फरवार्ड सावित्रा भण्डारीले यति छोटो समयमा कल्पना नगरेको सम्मान पाएको प्रतिक्रिया दिइन् । उनले एसियाबाट युरोपमा लिग खेल्न जाँदै गर्दा चुनौती भए पनि त्यसलाई स्वीकार्न तयार रहेको बताइन् । उनले आफूलाई दक्षिण एसियामा प्रमाणित गरिसकेको र युरोपमा हुने लिगमा पनि अन्तिमसम्म नै प्रमाणित गर्न लागिपर्ने बताइन् । यो यात्रा भावी पुस्ताका लागि र महिला फुटबललाई हेर्ने दृष्टिकोण बदल्न आवश्यक रहेको भण्डारीकाे भनाइ थियाे ।

उनले भनिन्, ‘एसियाबाट युरोप लिग खेल्दैछु, मेरा लागि चुनौती छ तर म सहजै स्वीकार्न तयार छु । जसरी मैले दक्षिण एसियामा आफूलाई प्रमाणित गरेकी छु, यो मेरा लागि महत्त्वपूर्ण हुनेछ । आम नेपाली महिला समर्थक, महिला फुटबललाई हेर्ने दृष्टिकोण भोलिका दिनमा फरक बनाउने प्रयास गर्नेछु । आउने पुस्ताका लागि मैले एउटा बाटो बनाउनका लागि पहिलो चरणको ढोका खोल्दैछु । फुटबल खेलेर नै केही गर्न सकिन्छ भन्ने वातारवण बनाउनेछु । देश र समर्थकका लागि धेरै गर्न बाँकी छ, त्यो गर्ने नै छु ।’ 

कार्यक्रममा अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङले सावित्राले आफ्नो खेल कौशललाई राम्रोसँग प्रस्तुत गर्ने विश्वाससहित बधाई दिनुभयो ।

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया