फिफा महिला विश्व कप शुरु हुनुभन्दा पहिले न्युजिल्यान्डमा गोलाबारी : दुई जनाको ज्यान गयो

 साउन ४, २०८० बिहीबार ६:३७:२२ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

न्युजिल्यान्डको अकल्यान्डमा गोलाबारी हुँदा दुई जनाको ज्यान गएको छ । प्रहरी अधिकारीसहित ६ जना घाइते भएका छन् ।

एक जना बन्दुकधारीले अकल्यान्डको एक निर्माणस्थल क्षेत्रको व्यस्त सडकमा गोली चलाउँदा दुई जनाको ज्यान गएको बीबीसीले जनाएको छ ।

स्थानीय प्रहरीका अनुसार घटनामा बन्दुकधारी पनि मारिएका छन् । अकल्यान्डको इडन पार्कमा फिफा महिला विश्व कप फुटबल सुरु हुनुभन्दा पहिले गोलाबारी भएको हो ।

घटना पछि न्युजिल्यान्डका प्रधानमन्त्री क्रिस हिपकिंसले राष्ट्रिय सुरक्षाको खतरा नरहेकाले विश्वकप फुटबल प्रतियोगिता योजना अनुसार शुरु हुने बताउनु भएको छ । 

अन्तिम अपडेट: असार १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया