चीन अत्यधिक गर्मीको चपेटामा, तापक्रम ५२ दशमलव २ डिग्री सेल्सियस

 साउन ४, २०८० बिहिबार १०:४१:४५ | एजेन्सी
unn.prixa.net

युरोप र अमेरिकासँगै चीनमा पनि अत्यधिक गर्मी बढेको छ । यो जुलाई महिनामा चीनमा गर्मीले नयाँ कीर्तिमान बनाएको छ ।

चीनको उत्तर पश्चिमी राज्यमा तापक्रम ५२ डिग्री सेल्सियसभन्दा धेरै छ । शिनजियांगको सरकारी अखबारका अनुसार त्यहाँको तुरफन डिप्रेशनको सानबाओ टाउनशिपमा तापक्रम ५२ दशमलव २ डिग्री सेल्सियस पुगेको छ ।

पर्यटकीय क्षेत्रको रुपमा रहेको तुरफन डिप्रेशनको सानबाओ टाउनशिप अंगुरका लागि पनि प्रख्यात छ । त्यहाँ अझै ५ दिन तापक्रम यस्तै रहने चेतावनी दिइएको छ । यसअघि सन् २०१५ मा चीनको आयडिंग क्षेत्रमा तापक्रम ५० डिग्री सेल्सियसभन्दा धेरै मापन भएको थियो ।

यस्तै, चीनको राजधानी बेइजिङमा २८ दिनदेखि अधिकतम तापक्रम ३५ डिग्री सेल्सियसभन्दा धेरै छ ।

युरोप र अमेरिकामा अत्यधिक गर्मी बढेपछि नागरिकका लागि एड्भाइजरी जारी  गरिएको छ । इटालीमा हिजो तापक्रम ४६ डिग्री सेल्सियस पुगेको थियो । अत्यधिक गर्मीका कारण चीन, अमेरिका र युरोपमा तातो आवा अर्थात लू चल्ने चेतावनी दिइएको छ । 

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया