रुसको मिसाइल आक्रमणका कारण ६० हजार टन अन्न नष्ट भयो : युक्रेन

 साउन ४, २०८० बिहीबार ११:२९:२३ | एजेन्सी
unn.prixa.net

रुसको मिसाइल आक्रमणका कारण ६० हजार टन अन्न नष्ट भएको युक्रेनले जनाएको छ । लगातारको आक्रमणले अन्न भण्डारण पूर्वाधारमा पनि क्षति पुगेको युक्रेनले दाबी गरेको हो ।

युक्रेनका कृषि मन्त्री माइकोला सोल्स्कीले निर्यात पूर्वाधारको ठूलो हिस्सामा क्षति पुगेको बताएका बीबीसीले जनाएको छ । रुसले ब्ल्याक सीमा रहेका युक्रेनको बन्दरगाहमा लक्षित आक्रमण गरिरहेको युक्रेनको आरोप छ ।

यसअघि रुसले युक्रेनको खाद्यान्न निकासी गर्ने सम्झौताबाट बाहिरिएको घोषणा गरेको थियो । रुसले खाद्यान्न निकासी गर्ने सम्झौता नवीकरण गर्न अस्वीकार गरेपछि विश्वर मूल्यवृद्धि हुने र केही देशमा खाद्य सङ्कट निम्तिन सक्ने चेतावनी दिइएको छ ।

पश्चिमा देशको प्रतिबन्धका कारण सम्झाैता नवीकरण नगरेको रुसले बताएको छ । एक वर्षअघि सम्झौता हुँदा संयुक्त राष्ट्र सङ्घले रुसलाई कृषि उत्पादन र मल निर्यातमा सहयोग गर्ने प्रतिबद्धता जनाएको थियो । तर, पश्चिमा देशले लगाएको प्रतिबन्धका कारण आफूलाई कठिनाइ भएको रुसको भनाइ छ । 

अन्तिम अपडेट: असार ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया