नेपाल बक्सिङ सङ्घको अध्यक्षमा अवाले

 साउन ४, २०८० बिहिबार ११:१९:२ | सागर राज तिमिल्सिना
unn.prixa.net

कास्की - नेपाल बक्सिङ सङ्घको अध्यक्षमा राम अवाले दोहोरिएका छन् । नेपाल बक्सिङ सङ्घको बुधवार हिजाे पोखरामा भएको छैटौँ साधारण सभा अधिवेशनले अवालेलाई दोश्रो पटक अध्यक्षमा निर्वाचित गरेको हो ।

सङ्घको वरिष्ठ उपाध्यक्षमा अर्जुनबहादुर केसी र पाँच उपाध्यक्षहरुमा गणेशबहादुर भट्टराई, भोजराज सिटौला, सविन भट्टचार्य, ओमनारायण श्रेष्ठ र रामबहादुर गिरीलाई चयन गरेको छ ।

त्यस्तै, महासचिवमा मानबहादुर भण्डारी तथा सचिवमा पुष्करराज पन्त, कोषाध्यक्षमा गौतम सुखजु चयन भएका छन् । सङ्घको सदस्यहरुमा गोविन्द डंगोल, रेशम पुन, मिलनध्वज राना, बमबहादुर स्याङ्गतान, रेखा थापा मगर, रमेश अधिकारी, दुर्गा गहतराज, लक्ष्मण कार्की, सञ्जयकुमार पासवान र समर जङ्गबहादुर चन्द चयन भएका छन् ।

अधिवेशनको उद्घाटन गर्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टङ्कलाल घिसिङले बक्सिङ खेललाई पुरानै अवस्थामा पुर्याउनु पर्ने बताए । उनले बक्सिङको इतिहास दोहोर्‍याउन निरन्तरताले मात्र नपुग्ने भन्दै खेल विकासमा पहिलेको जस्तै सफलता आवश्यकता रहेको बताए । 

सदस्य सचिव घिसिङले अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारीका लागि बजेटको अभाव हुन नदिने तर आफूलाई परिणाम भने चाहिने बताएका छन् । उनले अहिलेदेखि नै ओलम्पिकको तयारी थाल्न निर्देशन दिएका छन् । उनले खेल सङ्घहरुले साधारण सभा र अधिवेशन नगर्ने गरेको भन्दै सबै सङ्घहरुलाई साधारण सभा तथा अधिवेशनहरु गर्न निर्देशन दिए । 

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया