'मनसुन ब्रेक' : केही दिन लगातार र ठूलो पानी नपर्ने

 साउन ४, २०८० बिहीबार १९:५४:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – अब केही दिन लगातार र ठूलो पानी नपर्ने भएको छ । केही दिन मनसुन निष्क्रियजस्तै रहने भएकाले पानी कम पर्ने र मौसम सफा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तो अवस्थालाई मौसमविद्ले 'मनसुन ब्रेक' भन्ने गरेका छन् । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर रहेकाले नेपालमा यसको असर कम रहने मौसमविद्ले बताएका छन् ।

मौसमविद् बिनु महर्जनका अनुसार आज बिहीवार देशका धेरैजसो ठाउँमा घाम लागेको छ । भोलि शुक्रवार पनि देशका धेरैजसो ठाउँमा घाम लाग्ने सम्भावना छ । 'मनसुन ब्रेक' हुँदा मनसुनी गतिविधि कम हुने भएकाले गर्मी बढ्छ । अब एक/दुई दिन धेरै ठाउँमा हल्का मात्रै पानी पर्ने अनुमान छ ।

अहिले बाग्मती प्रदेशसहित देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ । साथै कोशी, बाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा हल्का वर्षा भइरहेको छ ।

अन्तिम अपडेट: असोज १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Deepak

    July 23, 2023, 11:14 a.m.

    Paschim ko ni weather report dinuhos

  •  0 Reply

तपाईको प्रतिक्रिया