अमेरिकी पूर्व राष्ट्रपति ट्रम्पको गोप्य दस्तावेजसम्बन्धी सुनुवाइ अर्को वर्ष मे मा हुने

 साउन ६, २०८० शनिबार ८:३२:४ | एजेन्सी
unn.prixa.net

अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि लागेको गोप्य दस्तावेजको दुरुपयोग अभियोगबारेको मुद्दामा अर्को वर्ष मात्रै सुनुवाइ सुरु हुने भएको छ । यो मुद्दाको सुनुवाई सन् २०२४ को मे महिनामा हुने भएको छ ।  

अमेरिकी जिल्ला अदालतका न्यायाधीश आइलिन क्याननले अर्को वर्ष मे २० तारिखदेखि पूर्वराष्ट्रपति ट्रम्पको सुनुवाई सुरु गर्न आदेश दिनुभएको बीबीसीले जनाएको छ । अभियोजकहरूले डिसेम्बरमा मुद्दाको सुनुवाइ सुरु गर्न माग गरेका थिए । तर ट्रम्पका प्रतिरक्षा वकिलहरूले अमेरिकामा अर्को वर्ष नोभेम्बरमा हुने राष्ट्रपति चुनावपछि मात्रै यो मुद्दा अगाडि बढाउन अनुरोध गरेका थिए ।

७७ वर्षीय ट्रम्प आउँदो वर्ष हुने चुनावमा रिपब्लिकन पार्टीका तर्फबाट राष्ट्रपति पदको दाबेदार हुनुहुन्छ । तर गोप्य दस्तावेजको दुरुपयोग अभियोगबारेको मुद्दाको सुनुवाई चुनावी अभियानको शिखरमा हुने गरी तय भएको छ ।
 

अन्तिम अपडेट: असार ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया