'पृथ्वीको तापक्रम वृद्धि, समुद्री ताप र अन्टार्कटिकाका सागरमा बरफ कम हुनु असामान्य हो'

 साउन ६, २०८० शनिबार १८:२३:६ | एजेन्सी
unn.prixa.net

तस्बिर : द गार्जियन

वैज्ञानिकहरुले मौसम सम्बन्धी कयौँ कीर्तिमानीहरु भङ्ग भइरहेकाे भन्दै चिन्ता व्यक्त गरेका छन् ।

तापक्रम वृद्धी, समुद्री ताप र अन्टार्कटिकाका सागरमा बरफ कम भएको लगायतका मौसम सम्बन्धी घटनाहरु देखिएका भन्दै वैज्ञानिकहरुले चिन्ता व्यक्त गरेका बीबीसीले जनाएको छ । अहिले पृथ्वीको उत्तरी गोलार्द्धमा उष्ण लहर चलिरहँदा ग्रिसमा ५० वर्षयताकै सर्वाधिक तातो जुलाई महिना चलिरहेको छ ।

अमेरिकाको दक्षिणी भागमा पनि जुलाई अहिलेसम्मकै सर्वाधिक गर्मी महिना बन्नसक्ने वैज्ञानिकहरुले बताएका छन् । संयुक्त राष्ट्रसङ्घले युरोपमा खतरनाक उष्णलहर अझै बढ्नसक्ने चेतावनी दिएको छ । विश्वको औसत तापक्रम जुलाई ७ मा पहिलोपल्ट १७ डिग्री सेल्सियसभन्दा माथि पुगेको छ ।

यस्तै विश्वभरका समुद्रको औसत तापक्रमले पनि मे, जुन र जुलाई महिनामा विगतको तथ्याङ्कमा नयाँ कीर्तिमान बनाएको छ । अन्टार्कटिकाका महासागरमा समुद्री बरफले ढाकिएको क्षेत्र विगतका जुलाई महिनाको तुलनामा अहिलेसम्मकै कम छ ।

वैज्ञानिकहरूले यस्ता कीर्तिमानहरू आउँदा वर्षहरूमा अझै तोडिँदै जाने बताएका छन् । लन्डन स्कुल अफ इकोनोमिक्सका वातावरणीय भूगोलविद् थोमस स्मिथले मौसम प्रणालीका सबै हिस्सा एकैपटक असामान्य अवस्थामा रहेको यस्तै परिस्थिति यसअघि नदेखिएको बताउनुभएको बीबीसीले जनाएको छ ।

यस्ता घटनाहरुलाई जलवायु परिवर्तनका कारणसँग जोड्न सजिलो नभए पनि मुख्य कारण त्यही हुन सक्ने वैज्ञानिकहरुको भनाइ छ । मौसम सम्बन्धी नयाँ कीर्तिमानहरुले मौसमजन्य विपद्का घटना बढ्ने वैज्ञानिकहरुको चिन्ता छ । 

अन्तिम अपडेट: असार १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया