ग्रीसको जङ्गलमा लागेको आगो अनियन्त्रित : झण्डै १९ हजार नागरिकलाई सुरक्षित ठाउँमा सारियो

 साउन ८, २०८० सोमबार ११:७:५५ | एजेन्सी
unn.prixa.net

ग्रीसको जङ्गलमा लागेको आगो अनियन्त्रित भएपछि झण्डै १९ हजार नागरिकलाई सुरक्षित ठाउँमा सारिएको छ । लोकप्रिय पर्यटकीय क्षेत्र रोड्स द्वीपबाट उनीहरुलाई अन्यत्र सारिएको हो । त्यस्तै, अर्को द्वीप कोर्फुबाट पनि मानिसलाई सार्ने काम भइरहेको छ ।

हिजो बेलुका ग्रीसको आपतकालीन सञ्चार सेवाले कोर्फुका धेरै क्षेत्रहरू खाली गर्ने आदेश दिएको थियो । सान्ता, मेगौला, पोर्टा, पलिया, पेरिथिया र सिनीज क्षेत्रका मानिसलाई बाहिर जान भनिएको छ । ग्रीसमा गर्मी निक्कै बढेको छ । त्यहाँको तापक्रम ४० डिग्री सेन्टिग्रेडभन्दा माथि पुगेकाे छ ।

गएको मङ्गलवारदेखि नै तीव्र हावासँगै जङ्गलको आगो अनियन्त्रित भएर फैलिरहेको छ । आगोबाट हुन सक्ने क्षति र जोखिमबाट जोगिन मानिसहरुले थातथलो छाडिरहेका बीबीसीले जनाएको छ । आगो निभाउन पाँच वटा हेलिकप्टर र १ सय ७३ जना अग्नि नियन्त्रकसहितको टोली खटिएका छन् ।

अन्तिम अपडेट: असार १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया