गएकाे आवमा चितवनमा जङ्गली जनावरको आक्रमणमा परि १२ जनाको ज्यान गयाे

 साउन ८, २०८० सोमबार १३:५६:३१ | रासस
unn.prixa.net

फाइल तस्बिर

चितवन - गएकाे आर्थिक वर्ष २०७९/०८० मा चितवनमा जङ्गली जनावरकाे आक्रमणबाट १२ जनाले ज्यान गुमाएका छन् ।  तीमध्ये बाघ र गैँडाको आक्रमणबाट पाँच/पाँच जना र  हात्तीको आक्रमणबाट दुई जनाकाे ज्यान गएकाे छ । जङ्गली जनावरकाे आक्रमणबाट ज्यान गुमाएकाकाे परिवारहरुलाई जनही १० लाख रुपैयाँका दरले राहत प्रदान गरिएको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार जङ्गली जनावरको आक्रमणबाट ३१ जना गम्भीर र २७ जना सामान्य घाइते भएका छन् । गम्भीर घाइते भएका ३१ जनाको परिवारलाई उपचार खर्चस्वरुप ३२ लाख ८० हजार १७ रुपैयाँ प्रदान गरिएको छ भने सामान्य घाइते भएका २७ जनाको परिवारलाई चार लाख २७ हजार एक सय २८ रुपैयाँ उपचार खर्चबापत प्रदान गरिएको उहाँले जानकारी दिनुभयो।

हात्तीको आक्रमणबाट १७, गैँडाको आक्रमणबाट २१ , बाघको आक्रमणबाट सात, भालुको आक्रमणबाट सात, जङ्गली बदेलको आक्रमणबाट छ जना घाइते भएका निकुञ्जका सूचना अधिकारी  तिवारीले बताउनुभयो ।

यस्तै जङ्गली जनावरका कारण दुई सय ३४ वटा पशुधनकाे क्षति भएको निकुञ्जको तथ्याङ्कले देखाएको छ । यसको राहत स्वरुप ३१ लाख ३८ हजार चार सय रुपैयाँ प्रदान गरिएको छ । भण्डारण गरी राखिएको अन्न बालीमा समेत क्षति पुगेको छ । यसबापत ५१ हजार रुपैयाँ राहत रकम भुक्तानी गरिएको छ । यस्तै २७ वटा घरगोठमा जनावरले क्षति पुर्याएका छन् । जसको क्षतिबापत दुई लाख ३४ हजार नौ सय रुपैयाँ भुक्तानी गरिएको छ । यस्तै अन्नबालीमा क्षति पाँच सय १७ पटक गरेको पाइएको छ । जसको राहतस्वरुप निकुञ्जले ३९ लाख ५८ हजार छ सय २५ रुपैयाँ भुक्तानी गरेको छ ।

निकुञ्जका सूचना अधिकारी तिवारीका अनुसार गएकाे आवमा निकुञ्जका जनावर कारण आठ सय ५६ वटा घटना भएका छन् । यसको राहतस्वरुप निकुञ्जले दुई करोड ३० लाख ९० हजार ६९ रुपैयाँ राहत रकम स्थानीयलाई बुझाएको छ ।

अन्तिम अपडेट: असार २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया