काठमाण्डाै उपत्यकामा एकैदिन १ सय १ फार्मेसीको अनुगमन, १० फार्मेसीमा सिल

 साउन ९, २०८० मंगलबार ६:२७:२० | रासस
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डाै - स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हिजाे एकैदिन काठमाण्डाै उपत्यकामा एक सय एकवटा औषधि पसलको अनुगमन गरेको छ । अनुगमन टोलीले काठमाण्डाै उपत्यकामा नियम विपरीत सञ्चालित १० वटा औषधि पसल सिल गरेको छ भने दुई दर्जनभन्दा बढीलाई सचेत पत्र दिएको छ ।  

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतको निर्देशनानुसार मन्त्रालयले २० वटा टोली बनाएर हिजाे उपत्यकाका विभिन्न क्षेत्रमा अनुगमन गरेको हो । फर्मासिस्टको प्रमाणपत्र भाडामा लिएर अर्कै व्यक्तिलाई कर्मचारी खटाएको, औषधि व्यवस्था विभागले तोकेको मापदण्ड पूरा नगरेको र अनुमति नलिइ औषधि पसल सञ्चालन गरेको गुनासो आएपछि मन्त्री बस्नेतले देशभर अनुगमन गर्न औषधि व्यवस्था विभागलाई निर्देशन दिनुभएको थियो । 

मन्त्री बस्नेत स्वयं अनुगमनमा निस्किनुभएको थियो । अनुगमन टोलीमा औषधि व्यवस्था विभाग, मन्त्रालय र स्वास्थ्य सेवा विभागका विज्ञ कर्मचारी थिए । अनुगमन टोलीले हिजाे बेलुका मन्त्री बस्नेतसमक्ष अनुगमन र औषधि पसल सञ्चालनको अवस्थाका विषयमा जानकारी गरायो । अनुगमन टोलीका संयोजकहरूका अनुसार फरक व्यक्तिको फर्मासिस्टको प्रमाणपत्र राखेर औषधि पसल सञ्चालन गर्नेको सङ्ख्या उल्लेख्य छ । 

अनुगमनका क्रममा बिक्री वितरण गर्न अनुमति नलिइ ‘न्युटास्युटिकल’ सामग्री बिक्री वितरण गर्ने, म्याद गुज्रिएका औषधिको भण्डार अलग नराख्ने, दर्ता नभएका र सरसफाइमा ध्यान नदिएका औषधि पसल भेटिएका थिए । अनुगमनमा संलग्न डा हेमन्त ओझाले आफूहरूले निरीक्षणका क्रममा दर्ता नगरि सञ्चालनमा रहेका औषधि पसल सिल गरेको बताउनुभयो । 'गोकर्णेश्वरमा दर्ता नै नगरिएका औषधि पसल फेला परेपछि दुईवटा सिल नै गरिएको छ', अर्का टोलीका संयोजक सागर दाहालले जानकारी दिनुभयो । 

छलफलमा औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालले हिजाे गरिएको अनुगमनलाई निरन्तरता दिने बताउनुभयो । मन्त्री बस्नेतले विभागमा जनशक्तिको अभाव तत्कालका लागि परिपूर्ति गर्न फार्मेसीमा इन्टर्न गर्न आउनेलाई औषधि विभागमा पठाउन महानिर्देशक ढकालाई निर्देशन दिनुभयो ।

अन्तिम अपडेट: मंसिर ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

2 Comments

  • Uday sah

    July 25, 2023, 11:15 p.m.

    Hamro sarlahi maa pani rules lagu grnu pryo sarkar Without education under sLC manxi haru le pharmacy chalayerw baseko xa DDA maa complane garda pani kai action leko xa 🥺

  •  0 Reply
  • बिमल मान

    July 25, 2023, 7:59 a.m.

    औषघि निरिक्षण नियमाबली २०३८ ले तोकिएके योग्यता पुगेको निरिंक्षकले गरिएको निरिक्षन प्रतिबेदन मात्र कारबाहि योग्य हुन्छ , Minister , Secretary ले भन्दै अन्य कर्मचारीले गरेको निरिक्षन कानुनी बर्खिलाप हुन्छ ा

  •  0 Reply

तपाईको प्रतिक्रिया