एकै वर्ष ५६ अर्बको खाद्यान्न आयात, तरकारी र फलफूल किन्दा झन्डै ५३ अर्ब रुपैयाँ बाहिरियो

 साउन ९, २०८० मंगलबार १४:४७:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – गएको आर्थिक वर्षमा नेपालले विभिन्न देशबाट ५६ अर्ब रुपैयाँभन्दा धेरैको खाद्यान्न आयात गरेको छ ।

भन्सार विभागको तथ्याङ्कअनुसार गएको आर्थिक वर्ष २०७९/८० मा नेपालले विभिन्न देशबाट ५६ अर्ब ६२ करोड ५३ लाख रुपैयाँको खाद्यान्न आयात गरेको छ । धान, चामल, गहुँ, कोदो, मकै, गेडागुडीलगायतका वस्तु खाद्यान्नको सूचीमा पर्दछन् । नेपालले एकै वर्ष झन्डै ३७ अर्ब रुपैयाँको धान, चामल, चिउरा र कनिका आयात गरेको छ । ९० प्रतिशतभन्दा धरै धान चामल भारतबाट आउने रहेको छ । इन्डोनेसिया, भियतनाम, चीन, इटली, भुटान, थाइल्यान्डलगायतका देशबाट धान, चामल आयात हुने गरेको छ ।

गएको वर्षमा दुई अर्ब रुपैयाँभन्दा धेरैको माछा मासु भित्रिएको छ । यस्तै दुई अर्ब ५५ करोड रुपैयाँको दुग्धजन्य पदार्थ, ३१ अर्ब ८७ करोड रुपैयाँको तरकारी र २० अर्ब ५६ करोड रुपैयाँको फलफूल आयात भएको छ । यस्तै झन्डै नौ अर्ब रुपैयाँको चिया कफी, झन्डै ८७ अर्ब रुपैयाँको घिउ तेल र पाँच अर्ब रुपैयाँको चिनी भित्रिएको भन्सार विभागको तथ्याङ्कले देखाएको छ ।

नेपालले हरेक वर्ष कृषिजन्य वस्तुमा आत्मनिर्भर हुन भन्दै अर्बाैँ रुपैयाँ अनुदान दिँदै आए पनि नेपालले हरियो तरकारीदेखि खाद्यान्न, घिउ तेल, चिया कफीलगायतका वस्तु आयात गर्दै आएको छ ।

अन्तिम अपडेट: असार १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • पारस कार्की

    July 26, 2023, 9:14 p.m.

    हामी नेपाली अब आयतित खाद्यान्नमा बाच्न सक्ने भैसक्यौ भने किन खेती गर्ने? गगनचुम्वी घरैघर बनाऔ र वैदेशीलाई भाडामा राखौ।

  •  0 Reply

तपाईको प्रतिक्रिया