१५ औँ महाधिवेशनमा शेखर काेइरालालाई सभापति बनाउने धनराज गुरुङकाे उद्घाेष

 साउन ९, २०८० मंगलबार १६:७:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले पार्टीकाे १५ औँ महाधिवेशनमा नेता डा. शेखर काेइरालालाई सभापति बनाउने उद्घाेष गर्नुभएकाे छ ।

मङ्गलवार काठमाण्डाैमा आयोजित एक कार्यक्रममा उपसभापति गुरुङले यस्ताे उद्घाेष गर्नुभएकाे हाे । उहाँले रूपान्तरणको नाममा अहिले नै पार्टी सभापति परिवर्तन गर्ने भन्ने पक्षमा आफू नरहेको र १५ औँ अधिवेशनबाट पार्टी नेतृत्व रूपान्तरण हुने दाबी गर्नुभयाे ।

उहाँले भन्नुभयाे, ‘मैले शेखर कोइरालालाई अघि बढ्नुहोस् भनेको छु । अहिले नै पार्टी सभापति बदल्नुपर्छ भन्ने चाहन्न । तर १५ औँ महाधिवेशनमा पार्टी सभापति बदल्ने हो ।’

उपसभाति गुरुङले रूपान्तरण विषय र सिद्धान्तबाट हुने भन्दै व्यक्तिको अनुहारबाट रूपान्तरण सम्भव नरहेको जिकिर गर्नुभयो ।

अन्तिम अपडेट: माघ १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया