पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
काठमाण्डौ – नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक (डिएसपी) ठगबहादुर केसीलाई प्रहरी सेवाबाट बर्खास्त गरिएको छ ।
प्रहरी प्रधान कार्यालयले गरेको सिफारिसअनुसार गृह मन्त्रालयका सचिव दिनेश भट्टराईले केसीलाई बर्खास्त गर्नुभएको प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिनुभयो । उहाँका अनुसार प्रहरी नायब उपरीक्षक केसीलाई भविष्यमा अयोग्य नठहरिने गरी बर्खास्त गर्ने निर्णय गरिएको हो ।
इलाका प्रहरी कार्यालय बुटवलमा रहँदा केसीले सुन व्यापारी किसन विकसँग घुस लिएको घटनामा निलम्बनमा परेका थिए । प्रहरी प्रधान कार्यालयले केसीलाई बर्खास्त गर्न असार दोस्रो हप्ता गृह मन्त्रालयमा सिफारिस गरेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Maharam Chaudhary
July 27, 2023, 9:40 a.m.मेरो विचारमा यसलाई बर्खास्त गर्नुभन्दा अझ ठूलो कारबाही गनुपर्ने थियो।
Pramesh Gurung
July 26, 2023, 2:58 p.m.कस्तो निलम्बन हो भबिस्यमा आयोगे नहुने गरि सिधै भबिस्यमा कुनै काममा पनि योगे नहुने गरि बर्खास्त गर्नु पर्ने मा
Amar neupane Chhetri
July 26, 2023, 9:46 a.m.नामै ठग बहादुर रहेछ अब नाम अनुसारको काम त गर्नु पर्यो भनेर होला नि ! यस्ता ठगहरुलाई नेपाल सरकार बाट पाऊने सेवा सुबिधा सहित १२ पुस्ते सम्मका लाई बन्देज गर्नु पर्छ !