सुन तस्करीबारे एमालेले सरकारको जवाफ माग्ने, अनुसन्धान नगरि भाषणबाजीमा रमाएको आरोप

 साउन १०, २०८० बुधबार १४:२३:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुन तस्करीको विषयमा संसदबाटै सरकारको जवाफ माग्ने भएको छ ।

आज बुधवार बसेको संसदीय दलको बैठकले सरकारले सुन तस्करीको गहिराइमा गएर अनुसन्धान गर्नुको साटो भाषणबाजी मात्रै गरिरहेको भन्दै सरकारको स्पष्ट जवाफ माग्ने निर्णय गरेको प्रमुख सचेतक पदम गिरीले जानकारी दिनुभयो ।

गृहमन्त्री नारायणकाजी श्रेष्ठले विभिन्न व्यक्ति र दललाई आरोप लगाउँदै हिँड्ने तर अनुसन्धान अघि नबढाउने काम गरिरहेकाले तस्करीमा सरकारकै संलग्नता त छैन भनेर एमालेले प्रश्न सोधेको छ ।

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया