एमालेको प्रश्न : कृष्णबहादुर महरा र उहाँका छोरामाथि किन अनुसन्धान भएन ?

 साउन १०, २०८० बुधबार १५:१९:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – नेकपा एमालेले सुन तस्करीमा नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराका बाबुछोरामाथि किन अनुसन्धान भएन भनेर प्रश्न गरेको छ ।

आज बुधवारको संसद् बैठकको शुरुमै एमालेका प्रमुख सचेतक पदम गिरीले गएको पुसमा इलेक्ट्रिक सिगरेटभित्र आएको नौ किलो सुन तस्करी प्रकरणमा कृष्णबहादुर महरा र उहाँका छोराको नाम विभिन्न सञ्चारमाध्यममा आएको तर उनीहरूमाथि छानबिन नभएको भन्दै आपत्ति जनाउनुभयो । उहाँले सरकारकै संरक्षणमा क्विन्टलका क्विन्टल सुन तस्करी भएको पनि आरोप लगाउनुभयो ।

गिरीले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा पनि माग्नुभएको छ । गृहमन्त्रीले भाषण एउटा गर्ने तर तस्करको संरक्षण गर्ने गरेर दोहोरो भूमिका खेलेको भन्दै उहाँले राजीनामा माग्नुभयो ।

एमालेले सुन तस्करीकाे विषयमा छानबिन गर्न समिति बनाउन सरकारसँग माग गरेको छ । दिउँसो १ बजे बस्ने भनिएको बैठक दिउँसो ३ बजेमात्रै शुरु भएको हो ।

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Ram gharti magar

    July 26, 2023, 3:32 p.m.

    होनि महरा उसको छोरा र मन्जु देवा जस्ता लाई पनि अनुसन्धान को दायरा मा ल्याउनु जरुरी छ अरु सानातिना लाई समाईर काम छैन ठूलो ठूलो माछा सामाउनु परो र अपराधी लाई सानो ठूलो हुदैन गल्ती अनुसार समाउन पर्छ सरकार ।

  •  0 Reply

तपाईको प्रतिक्रिया