चामल निर्यातमा लगाएको प्रतिबन्ध हटाउन भारतलाई आईएमएफको आग्रह

 साउन १०, २०८० बुधबार १९:१९:२२ | एजेन्सी
unn.prixa.net

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले भारतलाई चामल निर्यातमा लगाएको प्रतिबन्ध हटाउन आग्रह गरेको छ । 

आईएमएफले चामलको निर्यातमा लगाएको प्रतिबन्ध हटाउन भारतलाई प्रोत्साहित गर्दै यसले विश्वव्यापी मुद्रास्फीतिमा असर पार्ने बताएको हो ।

भारत सरकारले गएकाे जुलाई २० मा गैरबासमती सेतो चामलको निर्यातमा प्रतिबन्ध लगाएको थियो ।

अन्तर्राष्ट्रिय मुद्रा कोषका प्रमुख अर्थशास्त्री एवम् अनुसन्धान विभागका निर्देशक पियर ओलिभर गौरिनचासले मङ्गलवार 'वर्ल्ड इकोनोमिक आउटलुक' सार्वजनिक भएपछि आयोजित पत्रकार सम्मेलनमा भन्नुभयो, ‘यस्ता प्रतिबन्धले बाँकी विश्वमा खाद्यान्नको मूल्यमा उतारचढाव बढाउने र प्रतिशोधात्मक कदम चाल्ने सम्भावना रहन्छ, जुन विश्वव्यापीरूपमा हानिकारक हुन सक्छ ।’

आईएमएफले यस वर्ष भारतको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) वृद्धिदर ६ दशमलव १ प्रतिशत हुने प्रक्षेपण गरेको छ, जुन क्षेत्रीय औसत ५ दशमलव ३ प्रतिशतभन्दा निकै बढी हो । 

‘सन् २०२२ को निकै बलियो प्रदर्शनपछि यो सन्तुलित छ । तर हामीसँग सन् २०२३ का लागि ० दशमलव २ प्रतिशत विन्दुको उल्टो पुनरावलोकन छ र यो वास्तवमा सरकारी तथा निजी लगानीको साथ सन् २०२४ का लागि धेरै बलियो अन्त्यको दस्तक–प्रभाव हो’, आईएमएफ अनुसन्धान विभागका विभाग प्रमुख डेनियल लेहले भन्नुभयो ।

अन्तिम अपडेट: असोज १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया