नेदरल्यान्ड्समा ३ हजार वटा कारले भरिएकाे जहाजमा आगलागी, १ जनाकाे ज्यान गयाे

 साउन १०, २०८० बुधबार २०:३९:१६ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

नेदरल्यान्ड्समा तीन हजार वटा कारले भरिएकाे एउटा कार्गाे जहाजमा आगाे लागेकाे छ । नेदरल्यान्ड्सकाे तट नजिक जहाजमा आगाे लाग्दा एक जनाकाे ज्यान गएकाे एक जना घाइते भएका समाचार एजेन्सी राेयटर्सले जनाएकाे छ ।

तटरक्षक बलले मङ्गलवार राति जर्मनीबाट इजिप्ट गइरहेकाे जहाजमा आगाे लागेकाे बताएकाे छ । जहाजमा आगाे लागेपछि चालक दलका केही सदस्य समुद्रमा कुदेका थिए । 

तटरक्षक बलले जहाजमा आगाे लाग्नुकाे कारण अहिलेसम्म पत्ता नलागेकाे बताएका छन् । नेदरल्यान्ड्सकाे नाैसेनाले जहाज डुब्ने आशङ्का बढ्दै गएकाे बताएकाे छ । 

जहजमा आगाे लागेपछि एउटा हेलिकप्टरकाे सहयाेगमा चालक दलका २३ जना सदस्यलाई बाहिर निकालिएकाे खबरमा उल्लेख छ । अहिले जहाजमा लागेकाे आगाे निभाउने प्रयास भइरहेकाे छ ।

अन्तिम अपडेट: असार २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया