कम्बोडियाका प्रधानमन्त्री हुन सेनले छोरालाई सत्ता हस्तान्तरण गर्ने

 साउन ११, २०८० बिहीबार ११:२६:२० | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

कम्बोडियाका प्रधानमन्त्री हुन सेनले आफ्ना छोरा हुन मानेतलाई सत्ता हस्तान्तरण गर्ने घोषणा गर्नुभएको छ । लामो समयसम्म सत्तामा रहने विश्वका नेतामध्ये एक हुन सेनले राजीनामा दिने र आउँदो अगस्टमा छोरालाई सत्ता सुम्पिने घोषणा गर्नुभएको हो ।

प्रधानमन्त्री सेनको यो घोषणा कम्बोडियामा चुनाव सम्पन्न भएको तीन दिनपछि आएको हो । गएको आइतवार भएको चुनावमा उहाँको दल कम्बोडियन पिपुल्स पार्टी (सीपीपी) ले एक सय २५ मध्ये एक सय २० सिट जितेको दाबी गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

कम्बोडियामा यस पटकको चुनावमा १८ दलले प्रतिस्पर्धा गरेका थिए । यद्यपि, निर्वाचन आयोगले आधिकारिक रूपमा मत परिणाम घोषणा गरेको छैन । आयोगले आउँदो अगस्ट ९ तारिखमा नतिजा घोषणा गर्नेछ । सेनले सन् १९८५ यता कम्बोडियामा शासन गर्नुभयो । अब कम्बोडियाको प्रधानमन्त्री सेनका जेठा छोरा हुन मानेत बन्नुहुने भएको छ । उहाँ अहिले कम्बोडियन सेनाका कमान्डर हुनुहुन्छ ।

राजा नोरोडोम सिहामोनीको नेतृत्वमा पहिलो पटक अगस्ट २१ मा राष्ट्रिय सभाको बैठक बस्ने र हुन मानेतको नेतृत्वमा पाँच वर्षे कार्यकालको नयाँ सरकारले अगस्ट २२ मा शपथ लिनेछ । 

अन्तिम अपडेट: असार २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया