मलाइका र अर्जुनको बिहे हुने !

 कात्तिक १२, २०७५ सोमबार १८:५०:५४ | एजेन्सी
unn.prixa.net

आइटम गर्ल मलाइका अरोडाले अरबाज खानसँग सम्बन्ध विच्छेद गरेको एक वर्ष नाघिसकेको छ । हालै मात्र दिएको अन्तर्वार्तामा उनले अरबाजसँग सम्बन्ध विच्छेद गरेपछि आफू पहिलेभन्दा धेरै खुशी भएको बताएकी छिन् ।  

मलाइकाले आफूले पहिलेभन्दा धेरै शान्ति र सहज महसुस गरेको बताएकी छिन् ।  उता अरबाजले हालैमात्र एउटा कार्यक्रममा बोल्दै आफूले विगत २१ वर्षदेखि नै सम्बन्धलाई  राम्रो बनाएर अघि बढ्ने प्रयास गरेको तर आफू यो प्रयासमा असफल रहेको बताएका छन् । 

मलाइका र अरबाजले ५ वर्षको प्रेमपछि सन् १९९८ मा विवाह गरेका थिए । 

उनीहरु २०१६ देखि अलग बस्न थाले र अन्तत २०१७ मा उनीहरुको सम्बन्ध टुंगियो  ।  सम्बन्ध विच्छेदपछि मलाइका र अरबाजका छोरा अरहान मलाइकासँग बस्छन् । छोराकै कारण सम्बन्ध विच्छेदपछि पनि मलाइकालाई अरबाज र उनको परिवारसँग देखिन्छ । 

मलाइका र अरबाजको सम्बन्ध विच्छेद हुनुमा मलाइकाको अभिनेता अर्जुन कपूरसँगको अफेयर भएको बताइन्छ ।  हुन  पनि अरबाजसँग सम्बन्ध विच्छेद भएपछि मलाइका र अर्जुनको भेटघाट र घुमघाम बाक्लिएको छ । 

उनीहरुले छिट्टै विवाह गर्ने खबरहरु पनि यतिबेला भारतीय सञ्चार माध्ययमहरुले प्रकाशित गरिरहेका छन् । तर यस विषयमा उनीहरुको भनाई भने सार्वजनिक भएको छैन ।

उता अरबाजले पनि मलाइकासँग अलग भएपछि  मोडल तथा अभिनेत्री जर्जिया एड्रियानीलाई डेट गरिरहेका छन् ।  यी दुईलाई पछिल्लो समय प्राय  एक साथ देखिन्छ । केही समयअघि उनीहरुको विवाहको खबर पनि आएको थियो । तर अरबाजले भने यस कुरामा आफूले हतार गरेर निर्णय नलिने बताएका छन् ।  त्यस्तै जानकारी अनुसार अरबाजको विवाहको लागि खान परिवारको सहमति पनि मिलेको छैन । 

अरबाज र मलाइकाको सम्बन्ध टुट्नुको कारण अरबाजको करिअर पनि हो भन्ने गरिएको छ । किन भने आफ्नै दममा अरबाजले केही पनि गर्न सकेका छैनन् । उनी  करिअरको सुरुवात देखि अहिलेसम्म दाइ सलमानकै भरमा छन् । 

तर मलाइकाले भने आफ्नै दममा आफ्नो करिअर बनाएकी हुन् । जानकारीअनुसार मलाइकाले अरबाजसँग सलमानको भाइ भनेर मात्र विवाह गरेकी थिइन् । 
 

अन्तिम अपडेट: भदौ ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया