मिटरब्याजसम्बन्धी विधेयक राष्ट्रियसभाबाट पारित

 साउन ११, २०८० बिहीबार १४:४२:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – मिटरब्याजसम्बन्धी विधेयक राष्ट्रियसभाबाट पारित भएको छ । आज बिहीवार बसेको राष्ट्रियसभाको बैठकले ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८०’ सर्वसम्मतरूपमा पारित गरेको हो ।

अब यो विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाउने बाटो खुलेको छ । राष्ट्रपतिले विधेयक प्रमाणीकरण गरेपछि कानुनका रूपमा कार्यान्वयनमा आउनेछ ।

यसअघि सरकारले मिटरब्याजसम्बन्धी समस्या समाधानका लागि आयोग गठन गरे पनि कानुन नबन्दा आयोगलाई काम गर्न समस्या भएको थियो ।

राष्ट्रियसभाका अघिल्ला बैठकमा नै यो विधेयक पारित हुनुपर्ने भए पनि अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले केही कानुनी विषयको अध्ययन गर्ने भन्दै निर्णयार्थ पेस गर्नुभएको थिएन । मिटरब्याज पीडितको माग सम्बोधन गर्ने गरी सरकारले गएको वैशाख २० गते अध्यादेश ल्याएको थियो । प्रतिनिधिसभामा निर्णयार्थ पेस हुने दिन नै नेकपा एमालेका सांसदले बैठकमा अवराेध गरेपछि फेरि नयाँ प्रक्रियाबाट विधेयक पेस हुँदै पारित भएको हो ।

अन्तिम अपडेट: असोज ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया