काेशी प्रदेशका मुख्यमन्त्री थापाकाे नियुक्ति सर्वाेच्चद्वारा बदर, नयाँ सरकारकाे प्रक्रिया थाल्न आदेश

 साउन ११, २०८० बिहिबार १५:२२:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गरेको छ । सभामुख बाबुराम गौतमको समेत मतका आधारमा नेपाली कांग्रेसका थापा मुख्यमन्त्री नियुक्त हुनु असंवैधानिक भएको सर्वोच्चको ठहर छ ।

बिहीवार न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको इजलासले सरकार गठनको दाबी पेस गर्दा नै सभामुखले कसैलाई समर्थन गरेर हस्ताक्षर गर्न नहुने बताएको हो ।

सर्वोच्चले कोशीमा सात दिनको समय दिएर नयाँ सरकारको प्रक्रिया थाल्न पनि आदेश दिएको छ । सात दिनभित्र बहुमत पेस गर्न नसकेमा ठूलो दलको संसदीय दलको नेताको हैसियतमा एमालेका हिक्मतकुमार कार्की नै मुख्यमन्त्री बन्नु हुनेछ ।

यसअघि माओवादीले साथ छाडेपछि एमालेका मुख्यमन्त्री कार्की नेतृत्वको सरकार ढलेको थियो । तर कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठनमा बहुमत नपुगेपछि सभामुख बाबुराम गौतमको समेत हस्ताक्षरमा उद्धव थापा मुख्यमन्त्री बन्नुभएको थियो ।

कोशी प्रदेशमा मुख्यमन्त्री नियुक्ति प्रक्रिया असंवैधानिक भएको उल्लेख गर्दै गएकाे असार २२ गते निर्वतमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो । त्याे रिटमाथिको प्रारम्भिक सुनुवाइ गर्दै गएकाे असार २७ गते न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले कोशी प्रदेश सरकारका नाममा दूरगामी असर पर्ने गरी काम नगर्न आदेश गर्दै लिखित जवाफ पेस गर्न आदेश गरेको थियो ।

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया