६ वटा अफ्रिकी देशमा निःशुल्क अन्न पठाउने रुसी राष्ट्रपति पुटिनको घोषणा

 साउन ११, २०८० बिहीबार १९:१२:५७ | एजेन्सी
unn.prixa.net

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले छ वटा अफ्रिकी देशमा निःशुल्क अन्न पठाउने घोषणा गर्नुभएको छ । राजधानी सेन्ट पिटर्सबर्गमा भएको रुस–अफ्रिका शिखर सम्मेलनको उद्घाटन गर्दै राष्ट्रपति पुटिनले छ वटा अफ्रिकी देशमा ५० हजार मेट्रिक टनसम्म अन्न सित्तैमा पठाउने घोषणा गर्नुभएको हो ।

छिटै नै बुर्किना फासो, जिम्बावे, माली, सोमालिया, मध्य अफ्रिकी गणतन्त्र र इरिट्रियामा २५ देखि ५० हजार टनसम्म निःशुल्क अन्न सहयोग गर्ने पुटिनले बताउनुभएको छ ।

रुसले युक्रेनको अन्नलाई 'ब्ल्याक सी' अर्थात् काला सागरको बन्दरगाहबाट अफ्रिका, मध्य पूर्व र एसियाका देशहरूमा लैजान दिने सम्झौता नवीकरण नगरेपछि युक्रेनको खाद्यान्न निर्यात हुन पाएको छैन । गहुँ, जौ, मकै र सूर्यमुखीको तेलमा विश्वका धेरै देश रुस र युक्रेनको भर पर्दै आएका छन् । रुसले युक्रेनी खाद्यान्न निर्यातको सम्झौता नवीकरण नगरेपछि विश्वभर मूल्य बढ्ने र केही देशमा भोकमरीको डर सृजना भएको छ ।

सन् २०२२ को मध्यमा संयुक्त राष्ट्र सङ्घ र टर्कीले मध्यस्थता गरेको 'ब्ल्याक सी' अन्न सम्झौताले युद्धको बाबजुद तीन करोड तीस लाख टन युक्रेनी अन्न निर्यात भएको थियो ।

अन्तिम अपडेट: असार २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया