नेपालमा वार्षिक १० देखि १२ लाख मेट्रिक टन धान अपुग, चामल जाेहाे गर्न विज्ञको सुझाव

 साउन १२, २०८० शुक्रबार ७:५३:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – नेपालमा वार्षिक १० देखि १२ लाख मेट्रिक टन धान अपुग हुने गरेको तथ्याङ्कले देखाएको छ । नेपालमा वार्षिक ६५ लाख मेट्रिक टन धान आवश्यक रहेकोमा उत्पादन भने वार्षिक ५५/५६ लाख मेट्रिक टनको हाराहारी रहेको कृषि मन्त्रालयको तथ्याङ्क छ ।

गएको आर्थिक वर्षमा नेपालले ३७ अर्ब रुपैयाँको धान, चामल र कनिका आयात गरेको छ । नेपाल कृषिप्रधान देश भए पनि धान, चामलसहित खाद्यान्न आयात हुने गरेको छ । गएको बिहीवारदेखि भारतले बासमतीबाहेकका चामल निकासीमा रोक लगाएपछि यसको असर नेपालमा पनि पर्ने सम्भावना छ । कृषिविज्ञ हरिकृष्ण उप्रेतीका अनुसार तत्काल सरकारले कुटनीतिक तहमा छलफल गरी भारतसँग आग्रह गरेर सहजीकरण गर्नुपर्छ ।

नेपालले धानसँगै गहुँ, मकै, कोदो, फापर र अन्य नगदेबाली उत्पादनलाई जोड दिएर आयातको निर्भरतालाई घटाउँदै लैजानुपर्ने उहाँले बताउनुभयो । भारतले निकासीमा कडाइ गरेमा अरू देशबाट ल्याउन पहल गर्नुपर्ने, नेपालमा उत्पादन भएको धानबालीलाई किसानबाट न्यूनतम समर्थन मूल्यमा खरिद गरी माैज्दात राख्नुपर्ने, अवैधरूपमा हुने धानको निकासी रोक्नुपर्ने र चैते धान तथा अरू अन्नबालीको उत्पादन बढाउनेतर्फ ध्यान दिनुपर्नेमा विज्ञ उप्रेतीको जोड छ ।

पछिल्ला वर्ष नेपालीको भात खाने बानी बढ्दै गएकोले चामलको माग बढिरहेको छ । उपभोक्ताले खानेबानीमा परिर्वतन गर्नुपर्ने, चामलबाहेक अरू खाद्यवस्तु खाने र खानेकुरा खेर फाल्ने प्रवृत्तिलाई रोक्नुपर्नेमा विज्ञको जोड छ । यस्तै सरकारले मल–बिउलाई सहज बनाउने, बाँझो जग्गालाई उपयोग गर्ने र सिँचाइको क्षेत्र बढाउने हो भने धान उत्पादन बढाउन सकिने कृषिविज्ञले बताएका छन् ।

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया