एक र्‍यापरले विरोधी र्‍यापरलाई निच देखाउनका लागि किने कन्सर्टका २०० सिट

 कात्तिक १२, २०७५ सोमबार १९:५८:११ | एजेन्सी
unn.prixa.net

‘मेनी मेन’, ‘बेस्ट फ्रेण्ड’, ‘आई गेट मनी’ जस्ता गीतबाट दर्शकको मन जित्न सफल अमेरिकी गायक एवम् र्‍यापर फिप्टी  सेन्ट उर्फ कर्टिस ज्याक्सन यतिबेला चर्चामा रहेका छन । उनको चर्चाको कारण झनै रोचक रहेको छ । खासमा उनले आफ्ना विरोधी र्‍यापर जा रुललाई निच देखाउनका लागि उनले गरेको कामले उनको चर्चा भएको हो ।  

र्‍यापर जा रुल यही  नोभेम्बर ९ मा अमेरिकाको टेक्सासमा कन्सर्ट गरिरहेका छन ।र्‍यापर फिप्टी  सेन्टले  जा रुलको त्यो कन्सर्टको २०० सिट किनेका छन ।

 

फिप्टी सेन्टले ती सिट जा रुललाई निच देखाउनकै लागि किनेका हुन् । अब त्यो कन्सर्टका करिब २०० सिट खाली देखिनेछन् । जा रुलको त्यो कन्सर्टको २०० सिटको मूल्य करिब २ लाख २० हजार रुपैयाँ भन्दा धेरै हुन आउछ । यस कुराको खुलासा स्वयम् फिप्टी सेन्टले उनको सामाजिक सञ्जालमा रहेको अकाउन्टबाट गरेका हुन । 

 

 
 
 
 
 
 
 
 
 
 
 
 
 

Lol at $15 a pop you can’t lose, I got 200 tickets for 3 bands. 😆#bellator #lecheminduroi

A post shared by 50 Cent (@50cent) on

र्‍यापर जा रुलले पनि खुशीका साथ फिप्टी  सेन्टलाई जवाफ दिएका छन् । एक समयमा जा रुल र फिप्टी  सेन्ट निकै मिल्ने साथी थिए । तर यी दुवैबीचको विवादका कारण अहिले कट्टर विरोधी बनेका छन् ।  अहिले यी दुवै सामाजिक सञ्जालमा एक अर्काको मजाक उडाउने गर्दछन् । 

 

 

अन्तिम अपडेट: असोज ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया