विश्वकपमा हिजाब लगाएर खेल्ने पहिलाे खेलाडी बनिन् बेन्जिना

 साउन १४, २०८० आइतबार १६:१८:५१ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – माेरक्काेकी डिफेन्डर नुहैला बेन्जिनाले महिला विश्वकप फुटबलमा हिजाब लगाएर इतिहास रचेकी छिन् । माेरक्काेकाे फुटबल क्लबका लागि खेल्ने बेन्जिना कुनै सिनियर महिला अन्तर्राष्ट्रिय प्रतियाेगितामा हिजाब लगाउने पहिलाे खेलाडी बनेकी छिन् ।

२५ वर्षीया बेन्जिनाले दक्षिण अफ्रिकासँगकाे खेलमा डेब्यु गर्दै इस्लामिक 'हेडस्कार्फ' हिजाब लगाएकी हुन् । याे खेलमा माेरक्काेले दक्षिण काेरियालाई १–० गाेलले हरायाे ।

विश्व फुटबलको सर्वोच्च निकाय 'इन्टरनेशनल फेडेरेशन अफ एसोसिएसन फुटबल' (फिफा) ले सन् २०१४ मा धार्मिक कारणबाट शिर ढाक्ने अनुमति दिएकाे थियाे ।

महिला विश्वकप फुटबलमा याे वर्ष माेरक्काेसहित ८ वटा टिमले डेब्यु गरेका छन् ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया