प्रधानन्यायाधीश नियुक्ति सिफारिस गर्न प्रमुख ३ दलबीच सहमति

 साउन १४, २०८० आइतबार १८:२:५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – प्रमुख तीन दलका शीर्ष नेताहरू प्रधानन्यायाधीश नियुक्ति सिफारिस गर्न सहमत भएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज आइतवार भएको शीर्ष नेताहरूको बैठकले प्रधानन्यायाधीश नियुक्ति सिफारिस गर्न सहमति जुटाएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिनुभयो ।

बैठकमा प्रधानमन्त्री प्रचण्डसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली हुनुहुन्थ्यो । सहमतिलगत्तै पर्सि मङ्गलवार दिउँसो ४ बजेका लागि संवैधानिक परिषद्को बैठक बोलाइएको आचार्यले जानकारी दिनुभयो ।

प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको पदावधि आउँदो २० गते सकिँदैछ । प्रधानन्यायाधीशको कार्यकाल सकिन एक महिनाअघि नै प्रधानन्यायाधीश नियुक्ति सिफारिस गर्नुपर्ने संवैधानिक व्यवस्था भए पनि अहिलेसम्म परिषद्को बैठक नै बस्न नसकेको हो ।

शीर्ष नेताहरूको बैठकमा संसदमा रहेको अवरोध हटाउने विषयमा पनि छलफल भएको छ ।

अन्तिम अपडेट: बैशाख २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया