पाकिस्तानकाे खार क्षेत्रमा विस्फाेट हुँदा २० जनाकाे ज्यान गयाे, ४० जनाभन्दा धेरै घाइते

 साउन १४, २०८० आइतबार १९:१८:७ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

पाकिस्तानको बाजौर जिल्लाको खार क्षेत्रमा भएको शक्तिशाली विस्फोटमा कम्तीमा २० जनाको ज्यान गएको छ । विस्फाेटमा ४० जनाभन्दा धेरै घाइते भएका बीबीसी हिन्दीले जनाएको छ ।

खैबर पख्तुनख्वा प्रान्तमा जमियत उलेमा–ए–इस्लाम–फजलद्वारा आयोजित कार्यकर्ताको सम्मेलनमा विस्फोट भएको हो । घटनास्थलमा राहत र उद्धार कार्य जारी रहेको अधिकारीहरूले जनाएका छन् ।

उपचार गराइरहेका केहीको अवस्था गम्भीर रहेको छ । यो विष्फोटको कारण खुल्न सकेको छैन ।

सुरक्षा बलले विष्फोट भएको क्षेत्रलाई घेरेको छ । जमियत उलेमा–ए–इस्लाम–फजल महासचिव र सिनेटर मौलाना अब्दुल गफूर हैदरीले विस्फोटको कडा निन्दा गर्दै सुनियोजित षडयन्त्रमा देशको वातावरण बिगार्न खोजिएको बताउनुभएको छ ।

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया