नेपाली ध्वजावाहक नयाँ जहाज छिट्टै आउँछ : मन्त्री किराती

 साउन १४, २०८० आइतबार २०:३२:४० | रासस
unn.prixa.net

फाइल तस्बिर

झापा – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाली ध्वजावाहक नयाँ जहाज छिट्टै खरिद गरिने बताउनुभएको छ । प्रेस सेन्टर नेपाल झापाले बिर्तामोडमा आज आइतवार आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री किरातीले भूपरिवेष्टित राष्ट्रको समृद्धिका लागि जहाज विकास महत्त्वपूर्ण हुने भएकाले थप जहाज ल्याउन लागिएको बताउनुभयो ।

‘हाम्रोजस्तो भूपरिवेष्टित देशको समृद्धिका लागि जहाज महत्त्वपूर्ण हुँदोरहेछ’, उहाँले भन्नुभयो, ‘तीन वटा नयाँ र दुई वटा पुराना जहाज खरिद प्रक्रियामा रहेको छ, छिट्टै ती जहाज आउँछ, तर कमिसन आउँदैन ।’ नेपाली जहाजकै ‘कनेक्सन फ्लाइट’बाट नेपाली उत्पादनहरू विदेश निर्यात गरेर समृद्धि हासिल गर्न सकिने उहाँको भनाइ छ ।

मन्त्रालय सम्हालेपछि भ्रष्टाचारका प्वालहरू टाल्ने काम गरिरहेको उहाँको भनाइ छ । चार अर्ब रुपैयाँ ऋण तिरेर नयाँ जहाज किन्न सक्ने अवस्था सिर्जना भएको उहाँले बताउनुभयो । ‘देशको ठूलो समस्या भ्रष्टाचार हो, यसको अन्त्य जरुरी छ’, उहाँले भन्नुभयो । मन्त्री किरातीले पर्यटनसम्बन्धी राष्ट्रिय नीति बनाउन सरकार लागिपरेको बताउनुभयो । नेपाली एअरपोर्ट सुरक्षित बनाउन कडाइका साथ लाग्नुपर्नेमा उहाँको भनाइ थियो ।

अन्तिम अपडेट: मंसिर ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया