मधेस प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, २ मन्त्रीले लिए शपथ

 साउन १५, २०८० सोमबार १९:०:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डाै – मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिपरिषद् पुनर्गठन गर्नुभएको छ । प्रदेशका विनाविभागीय मन्त्री वसन्त कुशवाहा र विनाविभागीय राज्यमन्त्री सञ्जयकुमार यादवले पदबाट राजीनामा दिएपछि मुख्यमन्त्रीले आज साेमवार पाँचाैँ पटक मन्त्रिपरिषद् पुनर्गठन गर्नुभएको हो ।

प्रदेशको गृह सञ्चार तथा कानुन मन्त्रीमा नेपाली कांग्रेसका मोहमद समिम र श्रम तथा यातायात मन्त्रीमा जनमत पार्टीका चन्दन सिंह नियुक्त हुनुभएकाे छ । नवनियुक्त मन्त्रीलाई प्रदेश प्रमुख हरिशंकर मिश्रले आजै पद तथा गोपनीयताको शपथ गराउनुभएको छ ।

योसँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । जसपाबाट विनाविभागीय मन्त्री सुरिता साह यथावत् हुनुहुन्छ ।

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया