अमेरिकामा फेरि कोरोना सङ्क्रमण बढ्यो, अस्पताल भर्ना हुनेको सङ्ख्या बढेपछि सतर्कता उच्च

 साउन १६, २०८० मंगलबार ९:४:३३ | एजेन्सी
unn.prixa.net

फाइल तस्बिर

अमेरिकामा फेरि कोरोना सङ्क्रमण बढेको छ ।  सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) ले कोरोना सङ्क्रमित बिरामी अस्पताल भर्ना हुनेको क्रम बढ्दै गएको जनाएको छ ।

तथ्याङ्क अनुसार अस्पताल भर्ना हुनेको सङ्ख्या १० प्रतिशतले बढेको छ । जुन सन् २०२२ को डिसेम्बरयताकै तीव्र वृद्धि हो । जुलाई दोस्रो हप्तामा ७ हजार १ सयभन्दा धेरै कोभिडका बिरामी अस्पतालमा भर्ना भएको तथ्याङ्क छ ।

सीडीसीका प्रवक्ता क्याथलीन कोन्लीले गएको हप्ता पनि अस्पतालमा भर्ना हुने सङ्ख्या बढेको र सङ्क्रमण बढेपछि यसले फेरि चिन्ता थपिएको बताउनुभएको छ । तर सङ्क्रमणबाट हुने मृत्युदर भने न्यून रहेको सीडीसीलाई उद्धृत गरी अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले गएको वैशाख तेस्रो हप्ता कोभिड–१९ आपतकाल अन्त्यको घोषणा गरेको थियो । विश्वव्यापी स्वास्थ्य आपतकाल अन्त्यसँगै सङ्क्रमण रोकथामका लागि अपनाउने गरिएका सतर्कता हटेका थिए । तर डब्ल्यूएचओले सङ्क्रमण रोकथामका आवश्यक उपायहरु अपनाउन आग्रह गरेको थियो ।

चीनको वुहान सहरबाट शुरु भएको कोरोना भाइरस सङ्क्रमणले विश्वव्यापी महामारीको रुप लिएको थियो । भाइरसको फैलावट रोक्न डब्ल्यूएचओले कडा प्रतिबन्धात्मक नियम लागू गरेको थियो ।

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया