कोशीको मुख्यमन्त्रीमा कांग्रेसका उद्धव थापा नियुक्त

 साउन १६, २०८० मंगलबार १७:५५:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापा नियुक्त हुनुभएको छ ।

बहुमत सांसदको हस्ताक्षरसहित दाबी पेस गर्नुभएका थापालाई आज मङ्गलवार प्रदेश प्रमुख पर्शुराम खापुङले नियुक्त गर्नुभएको हो । थापाले आफूलाई कांग्रेसका २९ जना, माओवादी केन्द्रका १३ जना, एकीकृत समाजवादीका चार जना र जनता समाजवादी पार्टीका एक जना गरी ४७ सांसदको समर्थन रहेको भन्दै मुख्यमन्त्रीमा नियुक्त गर्न माग गर्दै दाबी पेस गर्नुभएको थियो ।

थापाले प्रदेश प्रमुखको कार्यालयमा पेस गर्नुभएको दाबीमा उहाँसहित माओवादी केन्द्रको संसदीय दलका नेता इन्द्रबहादुर आङ्बाे, एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्रकुमार राई र जनता समाजवादी पाटी संसदीय दलका नेता निर्मला लिम्बुले हस्ताक्षर गर्नुभएको छ । प्रदेश प्रमुख खापुङले आज बेलुका ५ बजेसम्म मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गर्नुभएको थियो ।

९३ सदस्यीय कोशी प्रदेशसभामा सरकार गठनका लागि ४७ जना सांसदको समर्थन आवश्यक छ । गठबन्धन दलसँग सभामुखबाहेक ४६ जनामात्रै सांसद भएपछि आजै सभामुख बाबुराम गौतमले राजीनामा दिनुभएको छ ।

मुख्यमन्त्रीमा नियुक्त भएको मितिले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्छ । गएको असार २१ गते मुख्यमन्त्री बनेका उद्धव थापाको नियुक्ति प्रक्रिया सर्वोच्च अदालतले बदर गर्दै नयाँ सरकार गठनका लागि आदेश दिएपछि नयाँ सरकार गठनको तयारी भएको हो ।

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया