संवैधानिक परिषद्काे बैठक विना निष्कर्ष सकियाे

 साउन १६, २०८० मंगलबार १८:४०:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – संवैधानिक परिषद्को बैठक विना निष्कर्ष सकिएको छ । आज मङ्गलवार सिंहदरबारमा बसेकाे बैठक विना निष्कर्ष सकिएकाे हाे ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, प्रधानन्यायाधीश हरिकृष्ण कार्कीं, उपसभामुख इन्दिरा राना र प्रमुख प्रतिपक्षी दलका नेता तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितको बैठकले प्रधानन्यायाधीशको नियुक्ति सिफारिस गर्ने अनुमान थियो । तर आज प्रधानन्यायाधीश सिफारिस हुन नसकेको राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बताउनुभयो । अर्को बैठक पर्सि बिहीवार बेलुका बस्नेछ ।

समितिले वरिष्ठताका आधारमा विश्वम्भरप्रसाद श्रेष्ठलाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने तयारी गरेको छ । प्रधानन्यायाधीश हरिकृष्ण कार्की यही साउन २० गतेबाट अनिवार्य अवकाशमा जाँदै हुनुहुन्छ । प्रधानन्यायाधीश अनिवार्य अवकाशमा जानुभन्दा एक महिनाअघि नै नयाँ प्रधानन्यायाधीशका लागि नाम सिफारिस गर्नुपर्नेमा अहिलेसम्म परिषद्को बैठक बस्न सकेको थिएन ।

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया